काठमाण्डौं । गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश ‘जीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतका शब्द शिव चम्ल्गाईले लेखेका हुन् ।
जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ । अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गरेका हुन् । जमन बिष्टको निर्देशनमा भिडियो तयार पारिएको हो । गायक लावारको युट्युव च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो ।
यसअघि गायक लावारको स्वरमा समावेश ‘किन होला’, ‘एकै नजर’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।


