गाेरखा । तपाईहामीलाई मनपर्ने बस्तु हामी घरमा सजाएर राख्छौ । तर के त्यसता चिज पनि होला जसले तपाईको घरको सुन्दरता संगै घर भित्र कलह र तपाईमा असान्ती फैलाईरहेको होस् ।
घरलाई सुन्दर बनाउने बहानामा तपाईहामीले नजानी नजानी त्यस्ता बस्तु सजाएर राखेका पनि हुन सक्छौ । त्यस्ता वस्तु घरमा राख्दा हामीलाई नै नोक्सानी पुरयाइरहेको थाहा पाउदैनौ ।
१ जंगली जनावरको प्रतीक
आजकल जंगली जनावरहरूको प्रतिक जहाँ तही पाउछौ । तपाईहामीलाई यसले निकै आर्षण गरिरहेको हुन्छ र हामी त्यस्ता बस्तु बजारबाट खरिद गरेर घरमा सजाउन ल्याउछौ । त्यस्ता चीज घरमा राख्दा घरका सदस्यको स्वभाव उग्र हुन पुग्छ । अनि घरमा क्लेश र हिंसा बढ्छ । त्यसैले त्यस्ता सो पिस आजैदेखी घरबाट हटाउ ।
२ नटराजको मूर्ति
नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रा हो । यो विनाशको सूचक पनि हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ ।
३ ताजमहल
ताजमहल सुन्दर कलाकारिताको नमुना हो भने यो प्रेमको पनि प्रतीक हो । यसको तस्वीर वा सानो प्रतिमालाई धेरैजनाले घरमा राख्ने गरेका छन् । तर ताजमहल मुमताजको चिहान पनि हो । त्यस्तो मृत्युको प्रतीकलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिन्छ । त्यसैले आजैदेखी त्यसलाई हटाऔं ।
४ डुब्दै गरेको जहाज
डुब्दै गरेको जहाजको चित्र घरमा राख्दा पनि तपाईंको सौभाग्य हराउँछ । यस्तो चित्र वा शोपीसले तपाईंका नातेदारसँगको सम्बन्ध बिगार्छ । त्यसैले आजैबाट त्यसता सो पिस हटाउनुहोस् ।
५ महाभारत ग्रन्थ वा तस्वीर
महाभारत हिन्दू धर्मको सबभन्दा महत्वपूर्ण ग्रन्थ हो । यो पूजनीय छ । तर यसलाई घरमा राख्नु अशुभ हुन्छ किनकि यसमा पारिवारिक झगडा र क्लेशको कथा भनिएको छ । यसलाई घरमा राख्दा झैझगडा र तनाव हुन सक्छ ।
६ शंखका साथ रथ
घरको पूजाकोठामा शंख राख्नु शुभ मानिन्छ । शंखको ध्वनिले घरमा सकारात्मक ऊर्जा ल्याउँछ । तर रथका साथ शंख राख्नुभयो भने अशुभ हुन्छ । रथको उपयोग पुरानो जमानामा युद्धहरूमा गरिन्थ्यो र शंखले युद्धको घोषणा गर्थ्यो । त्यसैले रथको शोपीसका साथ शंख नराख्नुहोला ।



