काठमाण्डौ । उदयमान गीतकार रिमा श्रेष्ठको शब्दमा समावेश प्रेमिल शैलीको ‘म त तिम्रै हूँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार अम्बर तुम्बापो सुब्बाको यस गीतमा संगीत रहेको छ भने सुजिल कर्माचार्यको गीतमा संगीत संयोजन रहेका छन् ।
रोमाण्टिक भर्सनको यस गीतमा स्वर गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको रहेको छ । भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ फिचर्ड छन् ।
दिपक राज सुनारले छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।
पेसाले आईटी क्षेत्रमा काम गरिरहेकी गीतकार श्रेष्ठलाई सानै उमेर देखी गीत–संगीतमा लगाव थियो । केही महिना अगाडी उनको पहिलो गीति एल्वम ‘अधुरो सपना’ को भव्य चर्चा संगै फुटकर गीतहरु पनि सार्वजनिक गरीसकेकी छिन् ।


