गोरखा । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) पालुङटार नगरकमिटीको अध्यक्षमा सुवर्ण देवकोटा निर्वाचित भएका छन् ।
नगरकमिटीको दोस्रो सम्मेलनबाट देवकोटा सर्वसम्मत अध्यक्ष चयन भएको अखिल क्रान्तिकारी गोरखा जिल्ला समितिका सहसंयोजक नवीन घिमिरेले जानकारी दिए ।
भेलाले उपाध्यक्षमा ५ जना चयन भएका छन् । जसमा शरद देवकोटा , सरोज रोका, अप्सरा खनाल, ईमेस देवकोटा र रमेस अधिकारी रहका छन् ।
त्यसैगरी सचिवमा प्रतीक्षा मरहट्टा, सह सचिवमा आवेस श्रेष्ठ, राजेस सिंखडा, कोषाध्यक्षमा मिना मरहट्टा चयन भएका छन् ।
खोप वहादुर कंडेलको प्रमुख आतिथ्यता भएको उत्त कार्यक्रममा ७ जना सदस्य पछि थप्ने गरी ४३ जनाको नगर कमिटी गठन भएको हो ।
कार्यक्रममा माओवादी केन्द्र पालुङटार नगरकमिटीका अध्यक्ष विवस चिन्तन (अजय), अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका सह–संयोजक राजन आलेमगर, जिल्ला ईन्चार्ज रामकृष्ण भट्ट (आरके), लमजुङ जिल्ला ईन्चार्ज बिकास भट्टराई, अखिल क्रान्तिकारी गोरखा जिल्ला क्षेत्र नं २ का ईन्चार्ज नवीन घिमिरे लगायत पार्टी र विधार्थी नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।




















