गोरखा । उत्तरी गोरखामा रहेको घ्याल्बो खोला तर्ने क्रममा १ यूवक बेपत्ता भएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिका १ को सामागाउँको खङसारमा रहेका घ्याल्बो खोला तर्ने क्रममा ३२ बर्षका धावा रेतर लामा शनिबार देखी बेपत्ता भएको हो ।
शनिबार दिउसो ४ः०० बजेको समयमा घ्याल्बो खोला माथि बनेको काठे पुल तर्ने क्रममा चिप्लीएर बेपत्ता भएका उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
सामागाउँकै ग्याला लेकबाट घोडा चराएर फर्कने क्रममा पुलबाट चिप्लीएर लडेका लामाको स्थानिय प्रहरीले हिजै देखी खोजी गरी रहेको जनाएको छ ।
लामाको घोडा भने सकुशल फेला परेको प्रहरीले जनाएको छ ।




















