काठमाण्डौं । ज्योती लाइफ इन्स्योरेन्सको गोरखा शाखा विभिन्न ५ बिधामा देशभरबाट उत्कृष्ठ घोषणा भएको छ ।
राजधानीको बुढानिलकण्ठको पार्क भिलेज रिर्सोटमा भएको कार्यक्रममा कोरोना महामारी बिच पनि गोरखा शाखाले विभिन्न ५ विधामा उत्कृष्ठ काम गर्न सफल भएको घोषणा गर्दै पुरस्कृत समेत गरेको हो ।
कम्पनीका कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र बजार प्रबन्धक प्रमुख परशुराम मरासिनीले गोरखा शाखाका प्रमुख ईमान जंग बानियाँलाई सम्मान तथा शाखालाई पुरस्कृत गरेको गोरखा शाखाका प्रमुख बानियाँले जानकारी दिए ।
शाखा प्रमुख बानियाँका अनुसार गोरखा शाखाले कोरोना महामारी बिच पनि सर्व श्रेष्ठ सराहनीय प्रदर्शन, एजेन्सी आवश्यकतामा उत्कृष्ठ प्रदर्शन, उत्कृष्ठ प्रदर्शन र लक्ष्य उपलब्धी, नीतिको संख्यामा उत्कृष्ठ प्रदर्शन र बिक्री उत्कृष्टता सहितको ५ बिधामा पुरस्कृत भएको हो ।
कार्यक्रममा ६० हजार नगद सहित सम्मान पत्र तथा दोसल्ला लगाएर शाखा प्रमुख बानियाँलाई सम्मान गरिएको थियो ।
०७५ सालमा गोरखा बजारमा शाखा स्थापना गरेको ज्योती लाइफले अहिले २५० अभिकर्ता सहित १ हजार भन्दा बढी विमितको बिमा गर्न सफल भई सकेको छ ।




















