गोरखा । गोरखाको ५ स्थानिय तहमा आज थप १५ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, आरुघाट, भिमसेन थापा र अजिरकोट गाउँपालिकामा गरी शुक्रबार १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये पीसीआर तर्फ ९ जना र एन्टिजेन परिक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको हो ।
पीसीआर तर्फ आरुघाट गाउँपालिकामा ५ जना महिला र ४ जना पुरुषमा गरी ९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन तर्फ गोरखा अस्पतालमा २ जना महिला, पालुङटार नगरपालिकामा १ जना पुरुष, भिमसेन थापा गाउँपालिकामा १ जना पुरुष र अजिरकोट गाउँपालिकामा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ८ जना महिला र ९ जना पुरुष रहेका छन् । यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या २२४ जना पुगेको छ ।
आज प्रदेश स्वास्थ्य निर्देशनालयबाट २७ जना महिला र २२ जना पुरुषको पीसीआर परिक्षणको नजिता प्राप्त भएको र आजै विभिन्न स्थानिय तहमा ७६ जना महिला र ४२ जना पुरुषको पीसीआर संकलन गरिएको पनि कार्यालयले जनाएको छ ।





















