गोरखा । १० दिन लामो कडा प्रकारको निषेधाज्ञा शनिबार देखी खुकुलो पारीदै छ । साउन महिनामा दैनिक जसो संक्रमितहरुको संख्या १०० को हाराहारी कट्न थाले पछि जिल्ला कोभिड ब्यवस्थापन समितिले भाद्र २ गते देखी ११ गते अर्थात शुक्रबार राती १२ः०० बजे सम्मकोलागी कडा प्रकारको निषेधाज्ञा जारी गरेको हो ।
कडा प्रकारको निषेधाज्ञा आज राती १२ः०० बजे सकिदै छ । भोली बिहानै देखी पुनः साउन महिनामा जस्तै निषेधाज्ञा हुने भएकाले ठुला शहरमा मानिसहरुको आउजाउ हुन थाल्ने छ भने सार्वजनिक सवारी र निजी सवारीलाई समेत चल्न छुट दिईएको छ ।
चर्को राजनैतिक दवाव र ब्यवसायीक संगठनहरुको बिरोधका कारण पनि केन्द्र भोली देखी निषेधाज्ञामा खुकुलो पना ल्याएको हो ।
भोलीदेखी हुने खुकुलो निषेधाज्ञामा के गर्न पाइन्छ ? के गर्न पाईदैन ?






















