गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा उद्धार हुन नपाउदै एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
गाउँपालिकाको ६ को चुम्चेतकी २५ बर्षिया सुत्केरी हिसे डोल्मा लामाको समयमा हेली मार्फत उद्धार हुन नसक्दा बिहिबार ज्यान गएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन ।
बुधबार राती घरमा नै सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टर मार्फत उद्धारकालागि पहल भएको भएता पनि सरकारी ढिलासुस्तीका कारण लामाले ज्यान गुमाएकी हुन् ।
गाउँपालिकाले जिल्ला प्रसासन कार्यालय गोरखालाई १२ः३० बाह्र बजे पत्राचार गरेको भएता पनि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले करिब ३ः०० बजेमात्र नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । लामाको हेलिकप्टर नपुग्दै ज्यान गएको उपाध्यक्ष गुरुङले बताईन ।
उद्धार प्रक्रिया सारै नै झण्झटिलो भएकाले समयमा हेलिक्टर झिकाउन समस्या भएको गाउँपालिकाले जनाएको छ । ‘
मौषममा आएको परिवर्तनका कारण पनि हेलिकप्टर अबतरण गर्न नसक्दा उद्धारमा थप ढिलाई भएको हो ।
सडक सञ्जालसंग नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा उद्वारकालागी हेली मात्र एक विकल्प बन्दै आएको छ ।




















