गोरखा । गोरखा नगरपालिका भित्रको १३ वटा बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई भोली देखी कोरोना बिरुद्वको खोप सेवा सुरु हुने भएको छ ।
कक्षा १२ को परीक्षामा संलग्न हुने १८ बर्षका माथिका बिधार्थीहरुलाई १० गते बिहिबारदेखि खोप दिइने तयारी भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शैक्षिक सत्र २०७७ को लागि २०७८ सालमा हुने परीक्षामा सहभागी हुने बिधार्थीहरुलाई कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप बिहीबार देखी सुरु गर्न लागिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।
परिक्षामा सहभागी हुने सबै बिद्यार्थीहरुलाई सम्वन्धीत बिद्यालयमा नै खोपको ब्यवस्था गरिएको छ । शाखा प्रमुख रेग्मीका अनुसार बिद्यालयहरुले उपलब्ध गराएको रेकर्ड अनुसार ८८५ जनालाई खोपको ब्यवस्था गरिएको छ ।
तर बाहिर अध्ययन गरेका तर गोरखा नगरपालिका भित्र बसेर अनलाइन कक्षा लिएकाहरुलाई पनि खोपको ब्यवस्था गरिएको शाखाले जनाएको छ ।
कहाँ कहाँ लगाईन्छ खोप ?





















