गोरखा । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ ।
माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको हो ।
पार्टीको गोरखा ईन्चार्जमा कृण्णप्रसाद घिताललाई जिम्मेवारी दिईएको छ । त्यस्तै गरी गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डेलाई केन्द्रले जिम्मेवारी तोकेको छ ।
गण्डकी प्रदेशकै सह ईन्चार्जमा यशोदा सुवेदी गुरुङ र अध्यक्षमा हरीराज अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।




















