गोरखा । आज जिल्लाको ३ स्थानिय तहमा थप २६ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका, गोरखा अस्पताल, आरुघाट र बारपाक सुलिकोट गाउँपालिकामा गरी सोमबार २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये ११ जना पीसीआर र १५ जना एन्टिजेन गर्दा संक्रमित देखिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ गोरखा नगरपालिकामा ७ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षणमा गोरखा अस्पतालमा ३ जना महिला र १ जना पुरुष, आरुघाट गाउँपालिकामा २–२ जना महिला पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा ४ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका मध्ये १६ जना महिला र १० जना पुरुष रहेको कार्यालयले जनाएको छ ।




















