गोरखा । जिल्लामा नोबल कोरोना भाइरस (कोभिड–१९)का सक्रिय संक्रमितहरुको संख्या घट्दो क्रममा देखिएको छ ।
गएको साताको शुक्रबार जिल्ला भित्र ६०९ जना सक्रिय संक्रमित रहेकोमा आइतबार साँझ सम्ममा १७२ जना घटेर ४३७ जनामा झरेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार जिल्लाको गण्डकी गाउँपालिकमा १ जना मात्र सक्रिय संक्रमित रहेको छ भने सबै भन्दा धेरै गोरखा नगरपालिकामा १०२ जना रहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने केही दिन देखी कोरोना संक्रमितको संख्या नदेखिएका कारण सक्रिय संक्रमित शुन्य रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको धार्चे गाउँपालिकामा ६ जना, शहिदलखन गाउँपालिकामा १० जना, अजिरकोट गाउँपालिकामा २६ जना, बारपाक सुलिकोट गाउँपालिकामा ३० जना र सिरानचोक गाउँपालिकामा ४५ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
त्यस्तै गरी पालुङटार नगरपालिकामा ५४ जना, आरुघाट गाउँपालिकामा ७५ जना र भिमसेन थापा गाउँपालिकामा ८६ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।
केही दिन यता देखी कार्यालयलाई प्रदेश स्वास्थ्य निर्देशनालयबाट पीसीआरको नतिजा प्राप्त नभएको सक्रिय संक्रमितको संख्यामा एक्कासी घटेको देखिएको कार्यालयले जनाएको छ ।
आइतबार गोरखा अस्पतालमा एन्टिजेन गरेका मध्ये १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको पनि कार्यालयले जनाएको छ ।





















