गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको क्यान्टिलिभर पुललाई पहिराले क्षति पुर्याएको छ ।
शुक्रबार राती आएको पहिरोले क्यान्टिलिभर पुलमा क्षति पुगेको स्थानीयबासी सेरप गुरुङले बताए ।
२०७२ सालको बिनासकारी गोरखा भुकम्पपछि वडा नम्बर ६ स्थित चुम्चेत र लोक्पाको सर्दिभिरमा डिएफआइडिको सहयोगमा पुल निर्माण गरिएको थियो ।
पुलमा डाडाँ माथीबाट आएको पहिरोले क्षति पुर्याएपछि अहिले हिडडुल गर्न समस्या भएको चुमनुब्री गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।
पुललाई क्षति पुगे सगै सर्व साधारण जोखिम मोलेरै आउजाउ गरी रहेका छन् । यो नेपालको एक मात्र क्यान्टिलिभर पुल हो ।




















