गोरखा । गोरखाको विभिन्न स्थानिय बिहीबार गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १८ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, अजिरकोट र भिमसेन थापा गाउँपालिकामा गरी ४१ जना महिला र ३० जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १२ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २ जना महिला, पालुङटार नगरपालिकामा २ जना महिला र ३ जना पुरुष, भिमसेन थापा गाउँपालिकामा ७ जना महिला र ३ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा १ जना महिलामा संक्रमण देखिएको छ ।
बिहीबार कुनै पनि पीसीआरको नजिता प्राप्त नभएको कसैको र जिल्लाको भिविन्न स्थानिय तहबाछ ८४ जना महिला र ७७ जना पुरुषको पीसीआर संकलन गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी जिल्लाको ११ वटै स्थानिय तहमा बिहीबार साँझ सम्म ६०७ जना सक्रिय संक्रमति रहेको पनि कार्यालयले जनाएको छ ।




















