गोरखा । बुधबार गोरखाको ६ स्थानिय तहमा थप ६४ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा, बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिमा गरी बुधबार ६४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये पीसीआर तर्फ १८ जना महिला र १५ जना पुरुष गरी ३३ जना र एन्टिजेनत तर्फ १५ जना महिला र १६ जना पुरुष गरी ३१ जना रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयबाट बुधबार ७६ जना महिला र ६४ जना पुरुषको पीसीआर नतिजा प्राप्त हुदा ३३ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ आरुघाट गाउँपालिकामा १०–१० महिला र पुरुष तथा सिरानचोक गाउँपालिकामा ८ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी बुधबार नै कार्यालयले विभिन्न स्थानिय तहमा ४८ जना महिला र ५२ जना पुरुषको एन्टिजेन परिक्षण गर्दा १५ जना महिला र १६ जना पुरुषमा संक्रमण देखिएको छ ।
जस अन्तरर्गत गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना पुरुष, भिमसेन थापा गाउँपालिकामा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकामा १२–१२ जना महिला र पुरुष तथा अजिरकोट उँपालिकामा १ जना महिलामा संक्रमण देखिएको छ ।
बुधबार साँझ सम्म जिल्लाको ११ वटै स्थानिय तहमा गरी ६२९ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले बुधबार विभिन्न स्थानमा ४६ जना महिला र ३७ जना पुरुषको पीसीआर संकलन गरेको छ ।





















