गाेरखा र तनहुँ जाेड्ने बेलिब्रिज
गोरखा । गोरखा र तनुहँ जोड्ने मर्स्याङ्दी नदी माथी बनेको बेलीब्रिज बाढीले बगाएको छ ।
मंगलबार राती अकाश्मात मस्र्याङदी नदीमा आएको बाढीले गोरखाको पालुङटार नगरपालिकाको हवाई मैदान र तनहुँको भानु नगरपालिका ३ तुरतुरे बजार जोड्ने बेलिब्रिज बगाएको हो ।
बेलिब्रिज मंगलबार राती आको बाढीले बगाएको इलाका प्रहरी कार्यालय ठाटीपोखरीले जानकारी दिएको छ ।
उत्त स्थानमा अहिले मोटरेवल पुल बनि सकेको र उत्त बेलिब्रिज तनहुँको व्यास नगरपालिकास्थित छाब्दी दोभानमा रहेको नदी माथी जडानका लागि लैजाने तयारी गरिएको बेला एक्कासी बगाएको हो ।




















