गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।
कोरोना महामारी बढेको भन्दै रोकथाम र नियन्त्रणकोलागी भन्दै पालिकाले प्रदान गर्दै आएका सबै सेवा तत्कालका लागि बन्द गरेको जनाएको हो ।
कोभिड संक्रमणको जोखिमका कारण जिल्ला भर कडा निषेधाज्ञा लागू भएपछि गाउँपालिकाले आजेदेखि भदौं ११ गतेसम्मका लागि पालिकाले प्रदान गर्दै आएको अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै भीमसेन थापा गाउँपालिकामा पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले थप सम्भावित संक्रमणलाई मध्यनजर गर्दै गाउँ कार्यापालिकाले कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
सूचनामा पालिका भित्रका स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवा, तथा वडा कार्यालयहरुबाट प्रदान हुने अत्याबश्यक बाहेका सवै सेवाहरु बन्द गरिएको उल्लेख गरेको छ ।





















