गोरखा । जिल्ला प्रसासन कार्यालय गोरखाले अत्याबश्यक बाहेकका सवै सेवा आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।
भदौँ ११ गतेसम्म जारी निषेधाज्ञाको अबधीमा जिल्ला प्रसासनबाट प्रदान गरिदै आएको नागरिकता, पासर्पोट बितरण लगायतका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
प्रसासनले सूचना नै जारी गर्दै जिल्लामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न लागि कार्यालयबाट जारी निषेधाज्ञाको अबधी भर कार्यालयले प्रदान गर्दै आएका सवै प्रकारका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको जनएको छ ।





















