गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाकोलागी आज कोरोना बिरुद्धको दोस्रो डोजको खोप हेलीकप्टर मार्फत ढुवानी गरिएको छ ।
सोमबार सिमिक एयरको हेलिकप्टरबाट २ खेपमा २ हजार ८३४ डोज पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
हिमाल पारीको जिल्ला भनेर समेत चिनीने चुमनुब्री गाउँपालिकामा १८ बर्षमाथिका सवैलाई कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाई सकिएको छ र दोस्रो डोजकोलागी आज ढुवानी गरिएको कार्यालयले जनाएको छ ।
अघिल्लो सातामा नै पठाउने तयारी भएको खोप मौसम प्रतिकुल भएका कारण सोमबार मात्र ढुवानी गर्न सफल भएको छ ।
चुमनुब्रीमा पहिलो चरणको भेरोसिल्ड खोप लगाएका २ हजार ७८२ जनाले लगाएका थिए । कार्यालयले पहिलो मात्राको खोप लगाउन छुट भएकाहरुलाई बाँकी रहेको खोप राखेर लगाउने गरि खोप पठाएको छ ।
चुमनुब्री गाउँपालिकामा १८ देखि ५४ बर्षसम्मका लागि भेरोसिल र यस अघि कोभिसिल्ड खोप लगाएर दोस्रो डोजको पखाईका रहेका ६५ बर्षदेखि माथिका नागरिकहरुका लागि पनि स्ट्राजेनिका खोप ७ सय ३० डोज पठाइएको कार्यालयका कोलचेन अधिकृत ऋषिराम खत्रीले जानकारी दिए ।
उत्तरी गोरखाकोलागी पुगेको खोप आजै भरिया मार्फत खोप केन्द्रमा पुरयाईएको छ । केही केन्द्रहरुमा भने आजै देखी दोस्रो चरणको खोप सुरु भएको र केही मा भोलीदेखी सुरु हुने कार्यालयले जनाएको छ ।




















