गोरखा । कोरोना महामारी बढ्दै गएको भन्दै गोरखा जिल्लामा १० दिन कडा खालको निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले जिल्ला भित्र कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढेको भन्दै बैंक तथा बित्तिय संस्थाहरुको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
समितिको बैठकले बैंक तथा बित्तिय संस्थाहरु (सहकारी, लघुवित्त, बिमा कम्पनी लगायत)को सेवा प्रवाह बन्द गर्ने गर्दै बैंकको हकमा गोरखा नगरपालिका क्षेत्रभित्रका बैंकहरुले सम्पर्कका आधारमा दिने अत्यावश्यक सेवाकोलागी सम्पर्क ब्यत्ति तथा सम्पर्क नम्बर सहितको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने भनिएको छ ।
बैंक तथा बित्तिय संस्थाहरुले आकस्मिक सेवा मात्र प्रवाह गर्ने र अन्य पालिकाको हकमा सम्वन्धित पालिकाले गरेको निर्णयानुसार बैंक सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।





















