गोरखा । कोरोना महामारी फैलिएको भन्दै गोरखामा भदौ १ गतेदेखि १० गते सम्म सबै प्रकारको सेवा बन्द गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा आज बसेको डिसिसिएमसीको बैठकले बैंक, यातायात, पसल तथा सवारी साधन बन्द गराउने निर्णय गरेको हो ।
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमणदर ह्वात्तै बढेको भन्दै बैठकमा सहभागीहरुले कडा प्रकारको निषेधाज्ञा गर्न सुझाव दिए पछि सरकारी कार्यालय सँगै यातायात, ब्यापार ब्यवसाय, बैंक तथा बित्तिय संस्था बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
यस अघि जारी गरिएको निषेधाज्ञा भने साउन ३२ गते अर्थात सोमबार राती १२ः०० बजे सकिदै छ ।




















