गोरखा । नेकपा माओबादी केन्द्रले गोरखा नगरपालिकाका सवै वडामा वडा पार्टी पुर्नगठन सम्पन्न गरेको छ ।
साउन महिनामा भित्रै कमिटिहरु पुर्न गठन गरिसक्न केन्द्रले दिएको निर्देशन अनुसार नगरपालिकाको सबै वडामा पुर्नगठनको काम सकेको हो ।
माओवादी केन्द्र गोरखाले जनाए अनुसार गोरखा नगरपालिका १ को वडापार्टी अध्यक्षमा गोबिन्द भट्टराई र सचिवमा नेत्रप्रसाद भट्ट तथा २ मा अध्यक्षमा राजु रोका सचिवमा ज्ञानेन्द्र थापा मगरलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै गरी ३ मा अध्यक्षमा राजु थापा सचिवमा अर्जुन बि.क., ४ मा अध्यक्षमा रामबहादुर थापा र सचिवमा अर्जुन प्रताप राणा, ५ मा अध्यक्षमा साबित्री थापा र सचिवमा रामबहादुर राना, ६ मा अध्यक्षमा भरत श्रेष्ठ, सचिवमा भक्तराम रानालाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै, ७ मा पार्टी अध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ र सचिवमा भरत राना, ८ मा अध्यक्षमा लालप्रसाद श्रेष्ठ र सचिवमा दण्डपाणी खत्री, ९ मा अध्यक्षमा मिना काप्री र सचिवमा रामकुमा फेवाली, १० मा अध्यक्षमा गुप्तजंग तामाङ र सचिवमा राजेश्वर खनाल चयन भएका छन् ।
उता वडा नम्बर ११ मा अध्यक्ष रामबहादुर खड्का र सचिवमा कृष्ण रेग्मी, १२ मा अध्यक्षमा राधिका कुमाल र सचिवमा हिराबहादुर अक्षामी, १३ मा अध्यक्षमा हरि खनाल र सचिवमा शम्भुप्रसाद अधिकारी र १४ मा अध्यक्षमा गोपालबहादुर थापा र सचिवमा राजेन्द्रबाबु पन्थ चयन भएको माओबादी केन्द्र गोरखाले जनाएको छ ।




















