गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १४ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, धार्चे र भिमसेन थापा गाउँपालिकामा गरिएका एन्टिजेन परिक्षणका क्रममा शुक्रबार १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा र पालुङटार नगरपालिकामा १–१ जना महिला र पुरुष, धार्चे गाउँपालिकामा १ जना महिला र भिमसेन थापा गाउँपालिकामा ८ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज ३८ जना महिला र २९ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको हो ।
शुक्रबार जिल्लाको कुनै पनि स्थानिय निकायको पीसीआर रिर्पोट प्राप्त नभएको कार्यालयले जनाएको छ । शुक्रबार नै विभिन्न स्थानिय तहमा ४७ जना महिला र ३६ जना पुरुषको पीसीआर संकलन गरिएको छ ।
आज संक्रमित देखिएका सहित जिल्लामा ६५१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।




















