×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाका वडाध्यक्षहरुले मूख्यमन्त्रिलाई बुझाए ज्ञापन पत्र

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाका स्थानीय तहका वडाध्यक्षहरुले वडा तहमा खाता सञ्चालनको माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र पोखरेललाई आज ज्ञापन पत्र बुझाएका छन् ।

    गोरखा नगरपालिका भित्रका बिभिन्न ८ वटा वडाका वडाध्यक्षहरुले मुख्यमन्त्रि पोखरेललाई भेटेर वडा तहमा नै खाता सञ्चालनकोलागी सहजीकरण गरिदिन माग गरेका हुन् ।

    बिगतमा गाविस कार्यालय हुँदा समेत वडा स्तरमै खाता सञ्चालन भई जनताले वडाबाट नै सुबिधा पाउने गरेको भएपनि अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको संघिय संरचनामा झनै अधिकार कटौती भएको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराइएको गोरखा नगरपालिका ११ का वडाध्यक्ष रामबहादुुर खड्काले बताए ।

    ‘वडा–वडामा सञ्चालित बिकास निर्माणका योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन भइ काम भइरहेको छन्, उनले भने, तर उपभोत्ता समितिका पदाधिकारी र सदस्यहरु योजना भुक्तानीको चेक बुझ्न ४÷५ दिन लगाएर नगरपालिका र गाउँपालिका केन्द्रमा धाउनु पर्ने बाध्यता छ ।’

    उनले सानो सानो योजनाको रकम बुझ्न समेत स्थानीय तहको केन्द्रसम्म धाउनुपर्ने बाध्यताका कारण निर्वाचित जनप्रतिनिधि र स्थानीय जनताले सिंहदरबारको अधिकारी गाउँगाउँमा पाउन नसकेको अनुभुति गरिरहेको मुख्यमन्त्रीलाई जानकारी गराईएको बताए ।

    सो समूहले नागरिकहरुले भोग्नु परेको सास्ती र बाध्यताको बिषयमा मुख्यमन्त्रीलाई भेटेरै प्रदेश सरकारको ध्यानकर्षण गराइएको छ । मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा वडा तहबाट सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स खर्च तथा अति बिपन्न गरिब दलित परिवारलाई तत्काल आर्थिक सहयोग गर्नबाट समेत वडा कार्यालय बन्चित हुदै आएको पत्रमा उल्लेख गरिएको छ ।

    मुख्यमन्त्री संगको भेटमा गण्डकी प्रदेश भित्रका केही स्थानीय तहहरुमा वडा तहमा खाता सञ्चालन भएको उदाहरण प्रस्तुत गर्दै गोरखा नगरपालिकाको पनि सबै स्थानीय तहहरुमा खाता सञ्चालन गरिदीन माग गरेका छौ अर्का एक वडाध्यक्षले बताए । स्थानीय सरकार सञ्चालन ऐनमा वडालाई अख्तियारी दिने उल्लेख छ, तर खाता सञ्चालन छैन, मुख्यमन्त्रि पोखरेललाई यस्ता कुरा पनि सम्झाएका छौ उनले भने ।

    मुख्यमन्त्रिसंग गोरखा नगरपालिका ४ का वडाध्यक्ष खोपबहादुर अधिकारी, १ का वडाध्यक्ष हिक्मतबहादुर कुँवर, १२ का वडाध्यक्ष डिलबहादुर थापा, १३ का बडाध्यक्ष हरिबहादुर खनाल, ७ का वडाध्यक्ष बिष्णुप्रसाद श्रेष्ठ, ११ का वडाध्यक्ष रामबहादुर खड्का, १० का वडाध्यक्ष देवीबहादुर बस्नेत र ३ का वडाध्यक्ष रामबाबु बोगटी सहितको टोली सहभागि भएका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.