गोरखा । नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ को वडा भेला बुधबार सम्पन्न भएको छ ।
पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य एव गण्डकी गाउँपालिकाका इन्चार्ज दिपक तिमिल्सेना (साकार) को प्रमुख आतिथ्यतमा भएको भेलाले वडा नम्बर ३ मा हरिप्रसाद पन्त र वडा नम्बर ४ मा राम कार्कीको अध्यक्षतमा वडा पार्टी कमिटी गठन भएको हो ।
भेलाले वडा नम्बर ३ को सचिवमा राजु तिवारी र वडा नम्बर ४ को सचिवमा दीपक गुरुङलाई चयन गरेको छ ।
भेलामा वडा नम्बर ३ मा पछी थप्नेगरि २१ सदस्सीय र वडा नम्बर ४ मा २५ सदस्सीय वडा कमिटि गठन गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
भेलामा पार्टीका गण्डकी गाउँपार्टी कमिटिका सल्लाहकार चन्द्रकान्त पन्त, माओबादी केन्द्र साविक फुजेल गाबिसका पूर्व अध्यक्ष दुर्गा गुरुङको समेत सहभागिता रहेको थिए ।
केन्द्रले देशभरका सवै वडामा वडा कमिटि पुर्नगठन गर्ने निर्णय भएसंगै गोरखाा माओबादी केन्द्रले जिल्लाभर वडा कमिटि पर्नुगठनमा तिव्रता दिएको छ ।




















