गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखामा थप २४ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको ३ स्थानिय तहमा गरिएको एन्टिजेन र पीसीआरमा बुधबार २४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये पीसीआर तर्फ १६ जना र एन्टिजेन तर्फ ८ जना रहेका छन् । जस मध्ये पीसीआरमा १० जना महिला र ६ जना पुरुष तथा एन्टिजेन तर्फ ५ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ गोरखा नगरपालिकामा १० जना महिला र ६ जना पुरुष संक्रमित भएका हुन् ।
त्यस्तै गरी एन्टिजेन तर्फ गोरखा अस्पतालमा २ जना महिला र १ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना पुरुष र अजिरकोट गाउँपालिकामा ३ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।
कुल संक्रमित संख्या मध्ये आज १५ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।
आजै प्रदेश स्वास्थ्य निर्देशनालयले २० जना महिला र ४२ जना पुरुषको पीसीआर नजिता पठाएको र जिल्ला भित्रको विभिन्न स्थानिय तहबाट ३२ जना महिला र ३० जना पुरुषको पीसीआर संकलन गरिएको छ ।
बुधबार नै जिल्लाको भिविन्न स्थानिय तहमा १७ जना महिला र २७ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको छ ।
बुधबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ८७८ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















