गोरखा । सहरी विकास मन्त्रालयले निर्माण गर्ने गोरखाको पालुङटार स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिबेदन तयार गरेको छ ।
सरकारले छनोट गरेका १३ वटा स्मार्ट सिटीहरू मध्ये पालुङटारको विस्तृत आयोजना प्रतिबेदन तयार हो ।
नेपाल सरकारले गोरखाको पालुङटार सहितधनकुटा, मिर्चैया, चन्द्रपुर, निजगढ, भरतपुर, काभ्रे उपत्यका, वालिङ, लुम्बिनी, तुल्सीपुर, दुल्लु, टीकापुर (अमरगढी) रहेका छन् ।
तीमध्ये पहिलो चरणमा ३ वटा सहरहरूको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । डिपिआर तयार गरेका सहरमा पालुङटार, निजगढ र लुम्बिनी रहेको मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले जानकारी दिए ।




















