गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा आज १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिकाका साथै गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा , बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी मंगलबार थप १२५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज सबै भन्दा धेरै पीसीआर तर्फ ९६ जना र एन्टिजेन तर्फ २९ जनामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये ६४ जना महिला र ६१ जना पुरुष रहेका छन् ।
संक्रमण देखिएका मध्ये पीसीआर तर्फ गोरखा नगरपालिकामा १३–१३ जना महिला र पुरुष, पालुङटार नगरपालिकामा १५ जना महिला र १३ जना पुरुष तथा आरुघाट गाउँपालिकामा १९ जना महिला र २३ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन तर्फ गोरखा अस्पतालमा २ जना महिला र ३ जना पुरुष, पालुङटार नगरपालिकामा १–१ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला, अजिरकोट गाउँपालिकामा १ जना महिलामा संक्रमण देखिएको छ ।
उता भिमेसन थापा गाउँपालिकामा ८–८ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने बारपाक सुलिकोट गाउँपालिकामा ८ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
मंगलबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ८८३ जना सक्रिय संक्रमित पुगेका छन् ।




















