गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा एकै दिनमा ४३ जना कोरोना संक्रमित थपिएको छ ।
संक्रमण देखिएका सबै आरुघाट गाउँपालिका ९ आरुघाट बजार क्षेत्रको भएको गाउँपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख बिजय श्रेष्ठका अनुसार सोमबार बिद्युत चोकमा गरिएको पीसीआर रिर्पोट प्राप्त हुदा १९ जना महिला र २३ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी आजै एन्टिजेन परिक्षणका क्रममा थप १ जना महिलामा समेत संक्रमण देखिएको छ ।
आरुघाट गाउँपालिकामा गएको साता देखी संक्रमण दर उच्च देखिन थालेको छ । उत्तरी गोरखा जाने मुख्य बजार भएको आरुघाटमा आउजाउमा खुकुलो पना आए संगै संक्रमण दैनिक रुपमा देखिन थालेको हो ।




















