गोरखा । गोरखाको अर्कुल बजार क्षेत्रमा रहेको दरौदी नदी किनारमा १ जना पुरुषको शव फेला परेको छ ।
सिरानचोक गाउँपालिकाको ७ को अर्कुल बजार संगै रहेको दरौदी नदी बिचमा रहेको बगरमा १ जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
माछा मार्न गएको एक यूवकले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखे पछि स्थानियलाइ खबर गरेको र स्थानियले प्रहरीलाई जानाकारी गराएको थियो ।
वेवारिशे अवस्थामा पाईएको शवको अनुसन्धानकालागी जौबारी प्रहरी चौकीबाट प्रहरी निरिक्षक सहितको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
तस्बिर : नवराज पुडासैनी (गुरास)




















