साँकेतिक तस्बिर
गोरखा । निर्माणको काम गरिरहेका मजुदरको चप्पल चिप्लिदा ज्यान गएको छ ।
जिल्लाको धार्चे गाउँपालिका २ को केरौजाबेसी घर भएका २६ वर्षीय वीरे गुरुङको खानेपानीको पाइप जोड्ने क्रममा बिहीकार दिउँसो चिप्लिएर लड्दा ज्यान गएको हो ।
मृतक गुरुङ बाग्लुङको निसीखोला गाउँपालिका ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै गर्दा चिप्लीएका थिए ।
खानेपानीको पाइप मर्मत गर्ने क्रममा चिप्लिएर ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।




















