गोरखा । गोरखाको तान्द्राङमा एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वडा कार्यालय सिल गरिएको छ ।
भिमसेन थापा गाउँपालिका २ मा संक्रमण रोकथाम र न्युनिकरणका लागि आज मध्यरातीदेखि एक साताकोलागि वडा कार्यालय सिल गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
सिल गरिएका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि औषधि पसल खाद्यान्न पसल बाहेक बिधालय, व्यापार व्यवसाय, सार्वजनिक तथा नीजि सवारी साधान सञ्चालन र आउजाउमा समेत रोक लगाइएको गाउँपालिकाले जानकारी गराएको छ ।
पालिकाले संक्रमणको जोखिमबाट बच्न अनिबार्य मास्क लगाउन, भीडभाड नगर्न, अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कन, भौतिक दुरी कायम गर्न तथा स्वास्थ्य सम्बन्धी मापदण्डको अनिबार्य पालना गर्न समेत सवै नागरिकहरुलाई अपिल गरेको छ ।
वडा भित्र धार्मिक तथा सामाजिक कार्यका लागि भेला हुनै पर्ने अबस्था आएमा समेत १० जनाभन्दा बढी भेला नहुन गाउँपालिकाले आग्रह गरेको छ ।




















