गोरखा । २० दिन अघिदेखि बेपत्ता भएका गोरखा आरुघाटका पुरुषको आज शव फेला परेको छ ।
आरुघाट गाउँपालिका ३ सोतीका ५ बर्षका भूबहादुर थापा यहीँ साउन १ गते साँझ ६ बजे घरबाट निस्किएर बेपत्ता भएका थिए । उनको शव बुढीगण्डकी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालका अनुसार बुढी गण्डकी नदीको किनारामा मोवाइल र चप्पल छोडेर बेपत्ता भएका थापाको शव धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका २ पडकेधारीमा नदी किनारमा फेला परेको हो ।
परिवारले शव थापाको नै भएको पुष्टी गरेको कार्यालयले जानकारी दिएको छ । बेपत्ता भएदेखि नै प्रहरीले परिवार र स्थानीयबासीको सहयोगमा उनको खोजी भई रहेको थियो ।
मृतकको शव जिल्ला प्रहरी कार्यालय धादिङको समन्व्यमा गोरखाको आरुचनौटे प्राथामिक स्वास्थ्य चौकीमा ल्याइएको छ ।
शव पोष्टमार्टम पछि अन्येष्टीका लागि परिवारलाई बुझाइएको छ ।




















