गोरखा । गोरखाको स्याम्चेतका १ पुरुषलाई स्थानिय खोलाले बगाउदा ३ दिनदेखि बेपत्ता भएका छन् ।
आरुघाट गाउँपालिकाका १ को डुडुरे खोलाले बगाउदा स्थानीय ४२ बषिय सानुकमल गुरुङ मंगलबारदेखि बेपत्ता भएको वडाध्यक्ष शेरबहादुर घलेले जानकारी दिए ।
आरुघाट गाउँपालिका २ मा पर्ने मान्बुगैरेबाट गोरु किनेर घर र्फकदै गर्दा खोलाबाट गोरु तार्ने क्रममा उनलाई खोलाले बगाएको वडाध्यक्ष घलेले बर्ताए ।
गोरु बेच्ने नरबहादुर गुरुङसंगै डुडुरो खोलाबाट उनले गोरुलाई अगाडी लगाएर आफु पनि खोलाबाट नै पछिपछि आउदा आउदै सानुकमललाई भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थल नजिकै झोलुङे पुल भएपनि गोरु झोलुङे पुलबाट नतर्ने भएपछि खोला तर्ने क्रममा घटना घटेको थियो ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयबासी र प्रहरीले बेपत्ता गुरुङको खोजी कार्य जारी राखेको भएता पनि आज सम्म पनि उनको अत्तोपत्तो लागेको छैन ।
बेपत्ता गुरुङको खोजीका लागि घटना लगत्तै प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
३ दिनसम्म पनि शव नभेटिएपछि परिवारले भोली शुक्रबारदेखि काजक्रिया सुरु गर्ने उनको परिवारले जानकारी दिएका छन् ।




















