गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा आज थप ५४ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, आरुघाट, शहिद लखन, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी आइतबार ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये पीसीआर तर्फ ३५ जना र एन्टिजेन तर्फ १९ जना रहेका छन् ।
गएको शुक्रबार आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकामा ४५ जना महिला र ५८ जना पुरुषको पीसीआरको रिर्पोट आज प्राप्त हुदा पालुङटार नगरपालिकामा ८ जना महिला र ७ जना पुरुष तथा आरुघाट गाउँपालिकामा १०-१० जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।
यता आजै गरिएको एन्टिजेन परिक्षणमा गोरखा अस्पतालमा १ जना महिला र ६ जना पुरुष, आरुघाट गाउँपालिकामा ३ जना महिला, शहिद लखन गाउँपालिकामा १ जना महिला, बारपाक सुलिकोट गाउँपालिकामा १ जना महिला र ३ जना पुरुषका साथै अजिरकोट गाउँपालिकामा ४ जना महिलामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आज ५५ जना महिला र ५० जना पुरुषको एन्टिजेन परिक्षण गरिएको थियो भने गोरखा नगरपालिकामा कन्ट्रयाक ट्रेसिङमा परेका १५ जना महिला र ९ जना पुरुषको पीसीआर पनि संकलन गरिएको छ ।
आज, संक्रमण देखिएका मध्ये २८ जना महिला र २६ जना पुरुष रहेको कार्यालयले जानकारी दिएको छ ।
आइतबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ५५७ जना सक्रिय संक्रमित हरेका छन् ।




















