गोरखा । गोरखाको पालुङटार क्षेत्रमा सडकमा बनेको खाडलमा पौडी खेल्ने क्रममा १ जना बालिकाको मृत्यु भएको छ । अन्य २ जना बालिका भने सकुशल उद्वार गरिएको छ ।
पालुङटार नगरपालिका ६ को लामाटारकी १३ बर्षिया आशा तामाङको पौडी खेल्ने क्रममा ज्यान गएको हो ।
घरबाट बाख्रा चराउन २ जना साथी संग निश्किएकी उनी पौवाटार देखी शेरा तर्फको सडकमा ग्रावेल गर्ने क्रममा खनिएको खाडलमा जमेको पानीमा पौडी खेल्दा आशाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
संगै पाडी खेलेका अन्य २ जनासाथीहरुलाई भने सकुशल उद्वार गरिएको छ । मध्यान्न १२ बजे भएको उत्त घटना पछि अहिले प्रहरी घटना स्थलमा पुगेको छ ।
प्रहरीले घटनाको बिषयमा स्थायानी संग सोधपुछ गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।




















