गोरखा । गोरखामा आमाको किरियामा बसेकी ३ छोरीहरुलाई भेट्न गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रि हरिशरण आर्चाय उनकै घरमा पुगेका छन् ।
गोरखा नगरपालिका १३ देउरालीमा आमाको किरिया बसेकी उनकी छोरीहरुलाई भेट्न मन्त्री आचार्य उनकै घरमा पुगेका हुन् ।
आमाको मृत्यु पछि समाज परिवर्तनकालागि अर्चना, अनुपा र आशिका बराललाई भेटदै मन्त्री आचार्यले छोरीहरुले आमाको किरिया गरेर समाजमा छोरी पनि छोरा सरहकै भएको सन्देश दिएको भन्दै मन्त्री आर्चायले समाज परिवर्तनकालागि यस्तै साहसीक छोरीहरुको आवश्यता रहेको बताए ।
आमाको मृत्यु पछि छोरीहरु नै किरिया बसेको समाचार सार्वजनिक भएपछि सवै उनीहरुको प्रसंसा हुदै आएको छ ।




















