गोरखा । गोरखा जिल्लामा पहिलो मात्राको खोप लगाएका मध्ये ४८ हजार भन्दा बढीले दोस्रो मात्राको खोपको लगाउन बाँकी रहेका छन् ।
जिल्लामा कोभिशिल्ड खोप लगाएका १५ हजार ९३९ जना र भरोसेल खोप लगाएका ३२ हजार २२३ जना गरी ४८ हजार १६३ जनाले दोस्रो डोजको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीका अनुसार जिल्लाभर अहिलेसम्म ६५ हजार ६७८ जनाले पहिलो मात्राका खोप लगाएको छ । यो १८ बर्ष माथिका झण्डै ४१ प्रतिसत हुन आउने कोल्चेन निरीक्षक खत्रीको भनाई छ ।
जिल्ला भित्र १७ हजार ५१५ जना नागरिकहरुले दुवै मात्रा खोप लगाई सकेको छ । पहिलो मात्राको खोप लगाएका मध्ये करिब २६ प्रतिसतले मात्र दोस्रो डोजको खोप पाएको हो ।
जिल्लामा ५५ हजार २२८ जनाले कोभिशिल्ड र भेरोसिल खोप लगाएका छन् । अमेरिकामा उत्पादन भएको जोन्सन एण्ड जोन्सन खोप भने अहिलेसम्म करिब १० हजार ४४९ जनाले लगाई सकेको कार्यालयले जनाएको छ ।




















