गोरखा । गोरखामा आज २ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणको क्रममा थप ८ जनामा संक्रमण पुष्टी भएको छ ।
शनिबार भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणमा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
परिक्षणका क्रममा भिमसेन थापा गाउँपालिकामा मात्र संक्रमित फेला परेको छ । ६ जना महिला र ८ जना पुरुषमा गरिएको परिक्षणमा ५ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
यता बारपाक सुलिकोट गाउँपालिकामा २ जना महिला र ३ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।
आज प्रदेश स्वास्थ्य निर्देशनालबाट पीसीआर परिक्षणको कुनै पनि रिर्पोट प्राप्त नभएको कार्यालयले जनाएको छ ।
कार्यालयले आजै भिमसेन थापा गाउँपालिकामा २२ जना महिला र २४ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ ।
शनिबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ५२६ जना संक्रिय संक्रमित रहेका छन् ।




















