गोरखा । पालुङटार नगरपालिकाको विभिन्न स्थानमा बसोबास गर्ने ५७ जनामा संक्रमण देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको पीसीआर परिक्षणका क्रममा ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका सबै पालुङटार नगरपालिका १ खोप्लाङको भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण अधिकारीले बताए ।
बिहीबार खोप्लाङको खुर्पाजुङ र ज्योति चौतारामा ५२ जना महिला र ५६ जना पुरुषको पीसीआर संकलन गरिएको र आज त्यसको रिर्पोट प्राप्त भएको प्रमख अधिकारीले बताए ।
शुक्रबार संक्रमण देखिएका मध्ये ३० जना महिला र २७ जना पुरुष रहेका छन् ।




















