गोरखा । गोरखा नगरपालिकाको बाह्रकिलो क्षेत्रमा बिहानै मोटरसाईकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ ।
गोरखा नगरपालिका १२ स्थित १० किलो बजारमा बा. ७९ प ३११० नम्बरको मोटरसाइकल र बाग्मति प्रदेश ०२–०२० प ७४५७ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ३ जना घाइते भएका छन् । शाखा सडकबाट मूल सडकमा निस्किएको स्कुटरले मूल सडकमा गुडिरहेको मोटरसाइकलमा ठक्कर दिएको स्थानियले बताए ।
दुर्घटनामा परि मोटरसाइकल चलाक रवि घिमिरे, स्कुटरमा सवार शिशिर ढकाल र आयुस अधिकारी घाइते भएका छन् ।
घाईते सबैको उपचारकोलागि भरतपुर पठाइएको छ ।




















