गोरखा । गोरखा नगरपालिकाको आलेगाउँमा १ मृत्त पुरुषका शव फेला परेको छ ।
जिल्लाको बारपाक सुलिकोट ३ घर भई हाल गोरखा नगरपालिका ८ आलेगाउँमा रहेको बहिनीको घरमा बस्दै आएका ४५ बर्षिय चन्द्रबहादुर भट्टको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी प्रकाश दाहालले बताए ।
पारिवारीक संवन्ध राम्रो नभएर बहिनीको घरमा बस्दै आएका उनी अत्याधिक मादक पदार्थ सेवन गरी हिडढुल गर्ने गरेकोमा आज दिउसो २ः२० बजे स्थानियले लडेको अवस्थामा देखी प्रहरीलाई खबर गरेको र उद्वार गर्दा मृत्यु भई सकेको प्रहरी कार्यालयले जनाएको छ ।
मृक्तक भट्टको शव पोष्टमार्टमकालागि गोरखा अस्प्तालमा राखिएको छ । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















