गोरखा । बिगत ५ देखीदेखी अबरुद्व गोरखाको बिद्युत लाइन आज देखी सुचारु भएको छ ।
नेपाल विद्युत प्राधिकरणको गोरखा बितरण केन्द्रमा रहेको मुख्य ट्र्रान्सर्फमरमा समस्या आए पछि अबरुद्व बिद्युत आजदेखी सुचारु भएको हो ।
नयाँ ट्र्रान्फर्मर जडान गरी नो लोडमा जार्च गरेर बिहीबार बिहान देखी विद्युत सुचारु गरिएको प्रसारण केन्द्र गोरखाका प्रमुख नेत्रमणी न्यौपानेले बताए ।
प्रशारण केन्द्रमा रहेको ६-८ एमभिएको ट्र्रान्फर्मर बिग्रिएपछि सोही क्षमताको नयाँ ट्र्रान्फर्मर जडान गरी बिहानै देखी ३ वटै फिडरमा ११ केभिएको लाइन प्रवाह गरिएको छ । विद्युत सुचारु भए संगै भिमसेन थापा गाउँपालिका, शहिल लखन गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका करिब ४८ हजार घर धुरीमा बिद्युत पुगेको कार्यालयले जनाएको छ ।
साउन ९ गते बिहानदेखि प्रशारण केन्द्रको मुख्य ट्रान्सफर्मरमा समस्या आए पछि तनहँुको आँबुखैरेनीबाट अस्थायी रुपमा ११ केभिएको लाइन लिएर गोरखा बजार क्षेत्रमा विद्युत सञचालन गरिएको थियो । पुरा क्षमतामा बिद्युत प्रसारण भए संगै जिल्ला भित्रको सञ्चार माध्यमहरु तथा इन्टरनेट सेवाहरु पनि सुचारु भएको छ ।




















