गोरखा । मसला तथा किराना ब्यवसायी संघले गोरखा बजार क्षेत्रमा मास्क बितरण गरेको छ ।
गोरखा चेम्बर अफ कर्मश अन्रतर्गत रहेको संघले गोरखा बजार क्षेत्रमा कोरोना महामारीको बारेमा जानकारी गराउने उद्वेश्यका साथ मास्क बितरण गरेको हो ।
सचेतना कार्यक्रम अन्रतर्गत बिहीबार बजार क्षेत्रवरपर २ हजार मास्क बितरण गरिएको संघले जनाएको छ । मास्क बटुवा तथा सवारीमा यात्रा गर्नेहरु सबैलाई बितरण गरिएको संघका अघ्यक्ष अरबिन्द गुप्ताले बताए ।
चेम्बर अफ कर्मश गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालको समेत उपस्थिती रहेको थियो ।




















