गोरखा । ठेकेदारको लापरर्वाहीका कारण गोरखा नगरपालिकाको ढुङ्गागाडे मोडमा बर्षौ देखी सर्व साधारणले सास्ती पाएको भन्दै वडाध्यक्ष र स्थानिय जन प्रतिनिधीहरुले सडकमा नै कोदो रोपेर बिरोध प्रर्दशन गरेका छन् ।
गोरखा नगरपालिका ४ र ८ को साँधमा रहेको ढुङ्गागाडे मोडमा वडा नम्बर १, २, ४ र ८ का वडाध्यक्ष र जन प्रतिनिधीहरुले कोदो रोपेर बिरोध गरेका हुन् । ‘यो सडक बिग्रीएको बर्षौ भयो । हामीले धेरै पटक सम्वन्धीत निकायलाई झकझकायौ तर पनि कानमा तेल हालेर बसेको कारण आज हामीले बाध्य भएर बिरोध गर्नुपर्यो’ गोरखा नगरपालिका ४ का वडाध्यक्ष रामशरण अधिकारीले भने ।
कार्यक्रममा गोरखा नगरपालिका १ का वडाध्यक्ष हिक्मत कुवर, २ का वडाध्यक्ष रहम चुल्ला मियाँ, ४ का वडाध्यक्ष रामशरण अधिकारी र ८ का वडाध्यक्ष कृण्ण खत्री तथा उनीहरुका स्थानिय प्रतिनिधीहरु तथा गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका महासचिव अञ्जनबावु खत्री र मजदुरहरुले सामुहिक रुपमा उत्त सडकमा कोदो रोपेर बिरोध जनाएका थिए ।
गोरखा बजार देखी आरुघाट जाने मुख्य सडक ठेक्का बानियाँ कन्सट्रक्सन हेटौडाले पाएको पाएको छ । ठेकेदार कम्पनीको लारपर्वाहीका कारण अहिले उत्त मोड समस्याको जड नै भएको छ ।
साना तथा ठुला सवारीलाई उत्त मोड पार गर्न हम्मे हम्म पर्छ । गोरखा बजार भएर दर्जनौ स्थानमा जाने यात्रु बाहक बसलाई पनि उत्त मोड पार गर्न घण्टौ लाग्ने यातायात ब्यवसायीहरुको गुनासो रहेको छ ।
उत्तरी गोरखा जाने मुख्य सडकको उत्त भाग बर्षौ देखी हिलाम्य भएर दैनिक दर्जनौ सवारी फस्दा पनि स्थानिय जनप्रतिनिधीहरुले चासो नलिएको भन्दै सर्व साधारणले गुनासो गरे पछि भने आज (बिहीबार) वडाध्यक्ष र जन प्रतिनिधी तथा यातायात ब्यवसायी र मजदुरहरुले सडकमा नै उत्रिएर बिरोध गरेका हुन् ।
कार्यक्रमका बिच पुगेका ठेकेदार कम्पनीका मानिसले आजै साँझ सम्म उत्त बाटोमा ग्राबेल हालेर सवारी आवागमनमा सहजता ल्याउने प्रतिबद्वता गरे संगै बिरोधको कार्यक्रम स्थगित गरिएको वडाध्यक्ष रामशरण अधिकरीले बताए ।
तर साँझ सम्म पनि उत्त मार्गमा ग्राबेल हालेर सवारी आवागमनमा सहजता नभए भोली (शुक्रबार) देखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने अधिकारीले बताए ।
ठुलो संख्या उपस्थित सर्व साधारणहरुले जन प्रतिनिधीहरुले आफ्नो मर्का बुझेर बिरोध प्रर्दशनमा उत्रिएको भन्दै समर्थन जनाएका थिए ।
आजको बिरोध कार्यक्रम साँकेतिक मात्र भएको भन्दै समयमा नै ध्यान दिएन र अब पनि सवारी सञ्चालमा समस्या आयो भने यो भन्दा चर्को आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अन्य वडाध्यक्षहरुले बताए ।
तस्बिर अञ्जनबावु खत्री





















