गोरखा । गोरखा नगरपालिकाको ढुङ्गागाडे क्षेत्रमा वडाध्यक्ष र स्थानिय जन प्रतिनिधीहरुले सडकमा नै कोदो रोपेर बिरोध प्रर्दशन गरेका छन् ।
गोरखा बजार देखी आरुघाट जाने मुख्य सडक ठेकेदारको लापरर्वाहीका कारण समयमा नै बन्न नसकेको र सर्व साधारणहरुले सास्ती पाएको भन्दै वडाध्यक्ष तथा जनप्रतिनिधीहरुले कच्ची सडकमा कोदो रोपेर बिरोध गरेका हुन ।
उत्तरी गोरखा जाने मुख्य सडकको उत्त भाग बर्षौ देखी हिलाम्य भएर दैनिक दर्जनौ सवारी फस्दा पनि स्थानिय जनप्रतिनिधीहरुले चासो नलिएको भन्दै सर्व साधारणले गुनासो गरे पछि बिहीबार वडाध्यक्ष रामशरण अधिकारी सहितको टोलीले कोदो रोपेर बिरोध गरेका हुन् ।




















