गोरखा । गोरखा जिल्ला अदालतले गत आबमा ४२३ थान मुद्दा फर्स्याैट गरेको छ ।
जिल्ला अदालतमा परेका कुल ७२८ मुद्दा थान मुद्वा मध्ये फर्स्याैट भएको मुद्वा ५८.२ प्रतिशत भएको गोरखा जिल्ला अदालतका न्याधिश दीनबन्धु बराल बताए ।
अघिल्लो आब २०७६/०७७ बाट सरेर आएको ३१३ थान मुद्दा र गत आर्थिक बर्षमा परेका ४१५ थान मुद्दा मध्ये जिम्मेवारीबाट सरेका २२१ थान सहित नयाँ लगतबाट २०२ थान मुद्दा गएको आर्थिक बर्षमा फर्स्याैट गरिएको छ ।
‘गोरखा जिल्ला अदातलले गएको आर्थिक बर्षमा करिब ६० प्रतिसत मुद्दा फर्स्याैट गर्ने गर्ने लक्ष्य लिएको भएपनि कोरोना संक्रमणका कारण लक्ष्य पुरा हुन नसकेको न्याधिश बरालले जानकारी दिए । तर निषेधाज्ञाको समयमा बाल बिज्याई र थुनुवको मुद्वा हेरी फर्स्याैट गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
विगत ३ बर्षको अवधिमा गोरखा जिल्ला अदालतले अहिले सम्मकै तथा गण्डकी प्रदेश भित्र मुद्दा फर्स्याैट गर्ने पहिलो अदालत भएको छ ।




















