गोरखा । माओवादी केन्द्र गोरखाका दुई सांसद नारायणकाजी श्रेष्ठ र हरीराज अधिकारीको नाम मन्त्री बन्ने सूचीमा चढेको छ ।
नेकपा माओबादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने व्यक्तिहरुको सम्भावित नामवलीको सर्ट लिस्टमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ र गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीको नाम परेपछि दुई मध्ये एकले मन्त्री पाउने निश्चित भएको हो ।
मन्त्रिमण्डलमा पठाउने पार्टीका सांसदहरु मध्ये सवै क्षेत्रलाई समेटिने गरि १३ जनाको नाम छनोट गरिएको र उनीहरु मध्ये पनि छनोट गरेर मन्त्रिमण्डलमा पठाउने तयारी भइरहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।
देउवाको मन्त्री मण्डलमा माओवादी केन्द्रले ६ जनासम्म मन्त्री पाउने सम्भावना छन् । २ जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्रीको सपथ लिई सकेका छन् ।
गण्डकी प्रदेशको प्रतिनिधित्व हुने गरी नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र हरि अधिकारीको नाम सर्ट लिस्टमा परेको विश्वस्त श्रोतले जानकारी दिएको छ । उनीहरूमध्ये १ जना मन्त्री बन्ने स्रोतले खुलासा गरयो ।
३ नाममध्ये नारायणकाजी श्रेष्ठलाई माओवादीबाट उप प्रधानमन्त्री सहित सरकारको नेतृत्व गर्ने गरी पठाउने सम्भावना भने बलियो हुदै गएको स्रोतको दावी छ ।
उता गण्डकीबाट प्रतिनिधित्व हुनेगरि बागलुङका सांसद देवेन्द्र पौडेलले आफु एकपटक पनि मन्त्री नबनेको स्थायी कमिटी सदस्य भएकाले आफूले अवसर पाउनुपर्ने बताउदै आउका छन् ।


