गोरखा । गोरखाको ४ स्थानिय तहमा मंगलबार थप ७४ जनमा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, आरुघाट र भिमसेन थापा गाउँपालिकामा गरी मंगलबार ७४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयका अनुसार मंगलरबार १०२ जनाको पीसीआर रिर्पोट प्राप्त हुदा ३१ जना महिला र २३ जना पुरुष गरी ५४जनामा संक्रमण देखिएको छ भने ५४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जना महिला र १२ जना पुरुष गरी २० जनामा संक्रमण देखिएको छ ।
पालुङटार नगरपालिकाको ३० जना महिला र १८ जना पुरुष तथा आरुघाट गाउँपालिकाको ३७ जना महिला र १७ जना पुरुषको रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको छ ।
संक्रमण देखिएका मध्ये पीसीआर तर्फ पालुङटार नगरपालिकामा १७ जना महिला र १० जना पुरुष तथा आरुघाट गाउँपालिकामा १४ जना महिला र १३ जना पुरुष रहेका छन् ।
त्यस्तैगरी एन्टिजेन तर्फ गोरखा अस्पताल र आरुघाट गाउँपालिकामा १-१ जना महिला र २-२ जना पुरुष, पालुङटार नगरपालिकामा १ जना पुरुषका साथै भिमसेन थापा गाउँपालिकामा ६ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ ।
मंगलबार गोरखा अस्पतालमा १० जना महिला र ७ जना पुरुष, पालुङटार नगरपालिकामा १-१ जना महिला र पुरुष, आरुघाट गाउँपालिमामा २ जना महिला र ७ जना पुरुषका साथै भिमसेन थापा गाउँपालिकामा ११ जना महिला र १४ जना पुरुषमा एन्टिजेन परिक्षण गराईएको कार्यालयले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा मंगलबार सम्म ४५४ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो केही साता देखी गोरखाको ग्रामिण तथा शहरी क्षेत्रमा परिक्षणको दायरा बढाउदा संक्रमण बढी देखिने र घटाउदा घटेको देखिन थालेकोले समुदायमा भित्र भित्रै कोरोना संक्रमण फैलिएको स्पष्ट बुझन सकिन्छ ।
सरोकारवालाहरुका अनुसार जिल्लाको सबै क्षेत्रमा एक पटक ठुलै मात्रामा परिक्षणको दायरा बढाएर संक्रमण तथा समुदायको स्थिती के हो हेनुपर्ने बताउछन् ।




















